गण्डकीका मुख्यमन्त्रीकाे गृह जिल्लाबाट ‘जेनसेन खोप’ शुरु

पाेखरा न्यूज । गण्डकी प्रदेशमा कोरोना विरुद्धको ‘जेनसेन खोप’ लगाउने कार्यको शुरुवात प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलको गृह जिल्ला नवलपरासी (ब.सु.पू.)बाट गरिएकाे छ ।

प्रदेशका मुख्यमन्त्री पोखरेलकोे गृह जिल्लाकाे नवलपुर स्वास्थ्य चाैकी काेल्हवामा आज एक कार्यक्रम आयोजना गरेर कोरोना विरुद्धको जेनसेन खोप लगाउन शुरु गरिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्दशनालय पोखराले दिएको जानकारी अनुसार प्रदेश सरकारको आयोजनामा भएको कार्यक्रमको समुद्घाटन मुख्यमन्त्रीले गर्नु भएको हाे । जेनसेन खोप क्रमशः सबै जिल्लामा संचालन हुने निर्देशनालयले जनाएको छ ।

आजै प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाण्डाैंकाे गोकर्णेश्वर नगरपालिका–६ स्थित नेपाल अपाङ्ग सङ्घ परिसरमा अपाङ्गता भएकालाई कोरोनाविरुद्ध खोप दिने अभियानको शुरुआत गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन भएका काठमाडौँ उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पतालस्थित कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगी निरीक्षण गर्नुभएको छ ।

अमेरिकी सरकारबाट प्राप्त ‘जोन्सन एण्ड जोन्सन’ खोप लगाउन थालिएको हो । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत यही असार २८ गते अनुदानमा उपलब्ध गराएको हो । सो खोपको एक मात्रा लगाए पुग्छ । यसअघि नेपालमा कोभिशिल्ड र भेरोसेल खोप लगाइएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button