साढे ५ किलो अफिमसहित एक पक्राउ

पोखरा न्यूज ।  हेटौँडा उपमहानगरपालिका–२ सङ्गमचोकबाट प्रहरीले अवैध लागुऔषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बकैया गाउँपालिका–५ बस्ने ४४ वर्षीय रत्न भुलुन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

प्रहरी टोलीले पाँच किलो ७ सय ५० ग्राम लागुऔषध अफिमसहित पक्राउ गरेको हो । पक्राउ परेका भुलुनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button