कास्की जिल्ला अदालतमा साउन १५ बाट सम्पूर्ण सेवा सुचारु हुने

यसरी लिन सकिनेछ आफ्नो तारेख

राजाराम पौडेल । कोरोना महामारीको दोस्रो भेरियन्टका कारण सेवा संकुचन गरेको कास्की जिल्ला अदालतले साउन १५ गतेबाट सम्पूर्ण सेवा सुचारु गर्ने भएको छ । अदालतको साउन ५ गते मंगलबारको पूर्ण वैठकले साउन १५ गते शुक्रबारबाट सबै सेवा सुचारु गर्ने निर्णय गरेको कास्की जिल्ला अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले पोखरा न्युजलाई बताउनु भएकाे छ ।

सेवा सूचारु सम्बन्धी सूचना कास्की जिल्ला अदालतले आफ्नो बेभसाइटमा मंगलबार प्रकाशित गरेर सेवाग्राहीलाई जानकारी दिएको छ । कास्की जिल्ला अदालतमा गत बैशाख १५ गतेबाट सेवा संकुचन भएको थियो ।

सेवा संकुचन भएको मिति २०७८ बैशाख १५ गतेदेखि २०७८ साउन १४ गतेसम्मको अवधिको हद म्याद, तारेख थाम्ने थमाउने सम्बन्धमा सम्मानित सर्वोच्च अदालको बृहत पूर्ण इजलासको मिति २०७७ जेठ १५ गतेको आदेश बमोजिमको सुविधा मिति २०७८ साउन १५ गतेदेखि लागु हुने भनी सम्मानित सर्वोच्च अदालतको पूर्ण बैंठकबाट मिति २०७८ असार ३१ मा निर्णय भएको हुँदा सो बमोमिजम सुविधा उपलब्ध हुने अदालतले सूचना मार्फत स्पष्ट पारेको छ ।

सर्वोच्च अदालतको पूर्ण बैंठक निर्णय बमोजिम हदम्याद, म्याद, तारेखमा अदालतमा उपस्थित हुनुपर्ने सेवाग्रहीहरु मिति २०७८ साउन १५ गतेबाट ३० दिनभित्र अदालतमा उपस्थित हुनुपर्नेछ । सम्भव भएसम्म जुनबार तारेख तोकिएको छ सोही बार उपस्थित भइदिन आग्रह गरिएको छ ।

अदालतवाट प्रवाह हुने नियमित सेवाहरु स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी व्यक्तिगत दुरी कायम गरेर मात्र संचालन गरिने सूचना अधिकारी पनेरुले आग्रह गर्नु भएकाे छ । अदालतभित्र प्रवेश गर्दा मास्क अनिवार्य गरिएको छ । त्यसका साथसाथै प्रवेश गेटमा सावुन पानीले हात धोई तथा स्यानिटाईजर प्रयोग गरेर मात्र अदालत भित्र प्रवेश गर्नु पर्ने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button