कास्कीमा १७९ सहित प्रदेशमा थप ४३८ मा संक्रमण

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ९४ जना पुरुष तथा ८५ जना महिला गरी १७९ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार २०४  जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ४३८ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १७९ सहित मनाङका ७ जना, म्याग्दीका २० जना, पर्वतका ३ जना, गाेरखाका २० जना, लमजुङका २५ जना, तनहुँका २० जना, बाग्लुङका ६१ जना, स्याङ्जाका २९ जना र नवलपुरका ७४ जना गरी प्रदेशका १०  जिल्लामा २३० पुरुष तथा २०८ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ३६१ पुगेको छ। पछिल्लो २४ घण्टामा २६९ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५८ हजार २९३  पुगेको छ ।

गण्डकीमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३८ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button