पत्रकार महासङ्घ कतार शाखाको अन्तरक्रियासहित सम्मान कार्यक्रम

दोहा कतार । नेपाल पत्रकार महासङ्घ कतार शाखाले ईदमिलन तथा एनआरएनए कतारका नवनिर्वाचित नेतृत्वसँग अन्तरक्रिया सहित सम्मान कार्यक्रम सम्पन्न गरेको छ । अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, महासचिव पदम गिरी, सचिव दीप जङ्ग शाह, सदस्य सन्तोष क्षेत्रीका साथै पत्रकारिता पुरस्कारका विजेता तिलु शर्मा पौडेल उक्त कार्यक्रम मार्फत सम्मानित हुनुभएकाे छ ।

कतारमा पत्रकारहरूको अवस्था र आवश्यकताका बारेमा बोल्दै वक्ताहरूले एनआरएनए कतारले पत्रकार महासङ्घलाई उपर्युक्त ठॉउसम्म सहजीकरण गरी पत्रकारिताको दायरा फराकिलो बनाउन सहयोग गर्न आग्रह गर्दै हर सम्भवको सहयोगको अपेक्षा आफूहरूले गरेको बताउनु भयाे । वक्ताहरूले नयाँ परिषद् सदस्यता खोल्न माग गर्दै सदस्यता नवीकरण मात्र गर्न पत्रकारिता गर्नेहरू प्रति सङ्घ चनाखो हुनु पर्ने सुझाव दिनु भएकाे थियाे ।

शाखाका अध्यक्ष करीम बक्स मियाँको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख सल्लाहकार तीर्थ सङ्गम राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै मुक्तदाले एनआरएनए कतारलाई आफूले श्रममुखी बनाउन लागेको बतॉउदै श्रमिकका समस्यालाई पहिलो प्राथमिकतामा राख्ने बताउनु भयाे । मन्तव्यका क्रममा मुक्तदाले वास्तविक पीडितको लागी एनआरएनले गाँसबास सहित मुलुक फिर्तिको लागी पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयाे । कतारमा कोही भोकै बस्नु पर्दैन र आर्थिक अभावका कारण मुलुक फर्कनबाट कोही वञ्चित हुनु नपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले पत्रकारिता पेसालाई मर्यादित बनाउन आग्रह गर्दै कतारको कानुनको हितमा रहेर समाचार सम्प्रेषण गर्न आग्रह गर्नु भयाे । सचिव अर्जुन पौडेलले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति मियाँले नयाँ परिषद् सदस्यमा महिला पत्रकारलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नु भयाे । उहाँले नयाँ कार्यसमितिमा विभिन्न विभाग गठन गर्दै जिम्मेवारी बॉडफॉड गरिएको हुदॉ सबैले महसुस गर्ने गरी कार्य सम्पादन हुने विश्वास व्यक्त गर्नु भयाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button