‘क्या बबाल छ’ गीतमा पोखराका रोहनको बेजोड नृत्य (भिडियो सहित)

राजाराम पौडेल । नृत्य क्षेत्रमा स्थापित बनिसकेको नाम हो रोहन नेपाली । पोखरा महानगरपालिका वडा नम्बर ५ मा जन्मिनुभएका उहाँ नेपाली फिल्म उद्योगमा अगाडि बढ्दै गरेको कोरीयोग्राफर हुनुहुन्छ । उहाँमा गीत गाउने, अभिनय गर्ने कला समेत छ । केही कभर गीतमा आवाज दिनुभएका रोहनले फिल्म र म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ ।

अहिलेसम्म आफूलाई कोरियोग्राफरको रुपमा चिनाउने उहाँ अभिनयको क्षेत्रमा समेत अगाडि बढ्न मेहनत गर्दै हुनुहुन्छ । नेपाली फिल्म ‘पर्खिबसे’मार्फत एसिस्टेन्ट कोरीयोग्राफरको रुपमा डेब्यू गर्नुभएको उहाँले विभिन्न फिल्ममा कोरियोग्राफी गर्नुभयो ।

यतिबेला रोहनले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘क्या बबाल छ’ बोलको गीतमा उहाँको अभिनयसँगै बेजोड नृत्य हेर्न पाइन्छ । नृत्यमा उहाँलाई टिकटकबाट उदायकी कलाकार बिना राउतको साथ रहेको छ । दुवैको मेहनतले यो डान्सिङ गीतलाई आर्कषक बनाउन सघाएको छ ।

गीतमा सुवास ढुंगानले आवाज भर्नुभएको छ । मोनी खालिङको रचना गरेको गीतमा नेपाली तथा अग्रेजी शब्दको मिश्रण सुन्न पाइन्छ । गीत खालिङकै प्रस्तुतिमा तयार भएको हो । देवेन्द्र नेवाले एरेन्ज गरेको गीतमा हरि लम्सालको संगीत रहेको छ । सौरभ लामाको छायाकंन तथा बन्दे लामाको सम्पादनमा तयार भएको म्युजिक भिडियोको निर्देशन राम्जी लामिछानेले गर्नुभएको हो । गीत द दिभाइन म्युजिक युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

भिडियो लिंक

https://www.youtube.com/watch?v=4pLh50fy2kc&t=133s

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button