गाेरखाकाे रिसाेर्टमा काम गर्ने एक युवक मृत फेला

पाेखरा न्यूज । गाेरखाकाे एक रिसाेर्टमा लेवर काम गर्ने युवक बाटाे तल लडेर मृत अवस्थामा फेला परेका छन् । सप्तरीकाे सिसवा बेलही खडग नगरपालिका-२ बस्ने २२ वर्षीय करन कुवँर चौधरी बुधबार बिहान मृत फेला परेकाे प्रहरीले जनाएकाे छ ।

चाैधरीले गोरखाकाे सहिदलखन गाँउपालिका-२ नयाँबारी स्थित मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा प्रा.लि. मा लेबर काम गर्दै आएका थिए । मंगलबार बेलुका साढे ५ बजे काम सकेर मनकामनातर्फ गए पछि उनी सम्पर्कमा आएका थिएनन् ।

उनकाे खोजतलास गर्दा बाटोबाट अन्दाजी २० मिटर तल  मृत अवस्थामा फेला परेको थिए । घटनास्थलमा खटिएकाे प्रहरी टोलीले यसबारेमा थप अनुसन्धान गरिरहेकाे गण्डकी प्रदेश प्रहरी कार्यालय पाेखराका प्रहरी उपरीक्षक अरुण पाैडेलले जानकारी दिनु भएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button