कास्कीमा १७९ सहित गण्डकीमा थप ४३८ मा संक्रमण

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ५७ जना पुरुष तथा ५५ जना महिला गरी ११२ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ३० जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ३६३ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ११२ सहित म्याग्दीका १८ जना, पर्वतका ३४ जना, गाेरखाका १३ जना, लमजुङका २१ जना, तनहुँका ३८ जना, बाग्लुङका ३ जना, स्याङ्जाका ४६ जना र नवलपुरका ७८  जना गरी प्रदेशका ९ जिल्लामा १९२ पुरुष तथा १७१ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७२४ पुगेको छ। पछिल्लो २४ घण्टामा २८१ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५८ हजार ५७४ पुगेको छ ।

गण्डकीमा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ४१ पुगेको छ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button