पोखरामा पनि मनाइयो बिपी स्मृति दिवस

पोखरा न्यूज । अनान्तीसौँ बिपी स्मृति दिवसका अवसरमा आज पोखराको चिप्लेढुङ्गास्थित बिपीको शालिकमा माल्यार्पण र दीप प्रज्वलन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकासमन्त्री कुमार खड्का, नेता शुक्रराज शर्मा, गण्डकी प्रदेशसभा सदस्य बिन्दु थापा, नेता सोभियतबहादुर अधिकारी लगायतले शालिकमा माल्यार्पण गर्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले बिपीको विचार र सिद्धान्तलाई सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले बिपी विचारले सदैव विजय हासिल गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा जिल्ला सदस्य एवं पूर्वसचिव रामराज लामिछाने, प्रवक्ता नवीन सिग्देल लगायतले बिपीले देखाएको बाटो अहिले पनि उत्तिकै अनुकरणीय भएको बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button