दमौलीमा ८ वर्षीया बालिका मनिशा फेला

पोखरा न्यूज । तनुहँको दमौलीमा ८ वर्षीया एक बालिका फेला परेको प्रहरीले बताएको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका वडा न ४ सोतिपसल बगैंचा घर बताउने मनिशा नामकी ती बालिकाले आमाको नाम बिद्या बस्नेत र बाबाको नाम बिकेश बस्नेत बताएको प्रहरीको भनाइ छ । व्यास नगरपालिकाकाे वडा न ३ सिर्जनाटोलमा  आज बिहान ९ बजे फेला परेकी हुन् ।

पात्तल आधारभूत बिद्यालय सोतिपसलमा कक्षा २ मा अध्ययन गर्ने ८ वर्षीया मनिशा बस्नेत नाम बताउने बालिका फेला परेको हुँदा निजलाई चिन्नुहुने व्यक्तिहरु तथा निजको आफन्तहरु सम्पर्क आउन जिल्ला प्रहरी कार्यालय तनहुँले आग्रह गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button