कास्कीगण्डकीगोरखातनहुँनवलपुरपर्वतबाग्लुङम्याग्दीलमजुङशिक्षा/स्वास्थ्यसमाचारस्याङ्जा

कास्कीमा २७४ सहित गण्डकीमा थप ४७१ मा संक्रमण

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा १३९ जना पुरुष तथा १३५ जना महिला गरी २७४ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ३२ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ४७१ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका २७४ सहित म्याग्दीका ७ जना, पर्वतका ५ जना, गाेरखाका ३९ जना, लमजुङका ३ जना, तनहुँका ३४ जना, बाग्लुङका ३१ जना, स्याङ्जाका २१ जना र नवलपुरका ५७ जना गरी प्रदेशका ९ जिल्लामा २३६ पुरुष तथा २३५ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६३ हजार १९५ पुगेको छ। पछिल्लो २४ घण्टामा ६५५ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५९ हजार २२९ पुगेको छ ।

गण्डकीमा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ४४ पुगेको छ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x