पाेखरामा कारमा अवैध ‘टुवेलवर’ बन्दुक लुकाएका गुरुङ पक्राउ

पाेखरा न्यूज । पोखराको बगरबाट अवैध दुई नाले ‘टुवेलवर’ बन्दुक सहित एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति १० बजेको समयमा पोखरा महानगरपालिका १६ दीप बस्ने ५५ वर्षीय भरत गुरुङलाई अवैध हतियार र नगद रकमसहित वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पाेखरा १ बगरस्थित पिएन क्याम्पस अगाडि सवारी साधन चेकजाँच गर्ने क्रममा गुरुङले चलाएको ग २ च ४३७४ नम्बरको कारको डिक्कीमा अवैध रूपमा लुकाइ राखेको अवस्थामा १ थान दुई नाले ‘टुवेलवर’ बन्दुक फेला परेकाे हाे । बन्दुक लुकाइएकाे कार, १ थान मोबाइल  र नगद १६ हजार रुपैयाँसहित उी पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनु भएको छ ।

पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा ४ दिन म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक हमालले बताउनु भएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button