गण्डकीमा कांग्रेसबाट थप ३ नयाँ मन्त्री

पोखरा न्यूज । गण्डकी प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी हुने ३ नयाँ मन्त्रीहरुको नाम टुंगो लागेको छ । कांग्रेसबाट प्रदेश सभा सदस्यहरु कास्कीका बिन्दु कुमार थापा, स्याङ्जाका मेखलाल श्रेष्ठ, र बागलुङका मणिभद्र शर्मा कँडेल मन्त्री बन्न लाग्नु भएको हो । गण्डकी प्रदेशमा कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकार छ ।

गत जेठ २९ मा गठन भएको सरकारमा यसअघि कांग्रेसका तर्फबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ  मन्त्री हुनुहुन्छ  ।

यसअघि हिजो मात्र माओवादी केन्द्रले आफ्नो भागमा परेका तीन मन्त्रीको टुंगो लगाएको थियो । माओवादीबाट प्रदेश सभा सदस्यहरु कास्कीका रामजी बराल जीवन, बाग्लुका चन्द्रबहादुर बुढा र स्याङ्जाका दीपक थापाको नाम टुंगो लगाएको हो ।

काँग्रेस, माओवादी केन्द्र, राजमो र जसपा गरी चार दलका ३० सांसद  तथा एक स्वतन्त्र सांसदको समर्थनमा पोखरेल मुख्यमन्त्री बन्नुभएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button