गण्डकीका मन्त्री आचार्यः काँग्रेसमा देखिएको ओली प्रवृत्ति विरुद्ध पनि लडिन्छ

पाेखरा न्यूज । गण्डकी प्रदेश सरकारका थप नयाँ मन्त्रीहरुलाई आज सपथ गराइएको कार्यक्रममा प्रदेशकै मन्त्री सहभागी नभएर विरोध जनाउनु भएको छ ।

जनता समाजवादी पार्टीकातर्फबाट मन्त्री रहनु भएका हरिशरण आचार्यले नेपाली कांग्रेसको बेइमानी र माओवादीको डकैतीको साक्षी बस्नका लागि सपथमा सहभागी बन्न नसकेको टिप्पणी गर्नु भएको छ ।

जसपाका नेता आचार्य प्रदेशकाे गठबन्धन सरकारकाे ऊर्जा मन्त्रीकाे जिम्मेवारीमा हुनुहुन्छ । यसअघि कांग्रेसले जसपाका तर्फबाट दुई जनालाई मन्त्री बनाउने समझदारी गरे पनि त्यसको पालना नगरेको सो पार्टीले आरोप लगाउँदै आएको छ ।

मन्त्री आचार्यको टिप्पणी यस्तो छः
नेपाली काँग्रेसको बेईमानी र माओबादीको डकैतीको साक्षी बस्नको लागि सपथ कार्यक्रममा सहभागि बनिन् । काँग्रेसमा देखिएको ओली प्रबृत्तीको बिरुद्ध पनि लडिन्छ
मन्त्री हरिशरण आचार्य

जेठ २९ गते नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पाेखरेलकाे नेतृत्वमा गठन भएकाे सरकारमा पदकाे भागबण्डा नमिल्दा विस्तार हुन सकेकाे थिएन ।

साेही दिन मुख्यमन्त्री पाेखरेलसहित विनाविभागीय मन्त्रीहरु कांग्रेसका तर्फबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जसपाबाट आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङलाई सपथ गराइएकाे थियाे । असारकाे दाेस्राे हप्ता उहाँहरुलाई मन्त्रालयकाे जिम्मेवारी दिइएकाे थियाे ।

कांग्रेसले आज र माओवादी केन्द्रले हिजाे मात्र नयाँ मन्त्रीहरुकाे नाम टुंगाे लगाउन सके पछि मन्त्रीपरिषद् विस्तार भएकाे हाे । आज थप ६ जना मन्त्रीहरुले जिम्मेवारी पाउनु भएकाे हाे ।

काँग्रेस, माओवादी केन्द्र, राजमो र जसपा गरी चार दलका ३० सांसद तथा एक स्वतन्त्र सांसदको समर्थनमा पोखरेल मुख्यमन्त्री बन्नुभएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button