कतारमा नेपालीले गरे रक्तदान

दोहा कतार । नेपाली श्रमिक कल्याणकारी सङ्घ कतारले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ l कतारको सरकारी अस्पताल हमदको रक्त सङ्कलन केन्द्रको परिसरमा नेपाली रक्तदाता सङ्घ कतारसङको समन्वयमा सम्पन्न भएको हो ।

कोरोनाका महामारीका बिच बृहत् रूपमा सम्पन्न कार्यक्रममा कतारमा स्थापित विभिन्न सङ्घ संस्था प्रमुख तथा सामाजिक अभियन्ता सहित एक सय चौबिस जना सहभागीहरूको उपस्थिति रहेको थियो । सङ्घका अध्यक्ष तिल विक्रम मगर सहित ६५ जनाले रक्तदान गरेका छन् । रक्तदान पुण्यको कार्य भएको र सङ्घको कार्य प्रससनिय रहेको उपस्थितहरूले प्रतिक्रिया दिएका थिए ।

कार्यक्रममा भारतीय र फिलिपिन्सका श्रमिक कल्याणकारी सङ्घका अध्यक्षको विशेष उपस्थिति रहेको थियो । सङ्घ तथा अस्पतालका तर्फबाट रक्तदातालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । विषम परिस्थितिमा उल्लेख्य उपस्थित जनाउनु हुने तथा दाताहरूलाई सङ्घको तर्फबाट कार्यक्रम संयोजक देव लम्सालले धन्यवाद तथा आभार प्रकट गर्नु भएको थियो। कार्यक्रम बिहान ८ बजेबाट मध्यान्हसम्म चलेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button