पोखराको कालिका माविलाई विद्यार्थीबाट असुलेको रकम तत्काल फिर्ता गर्न निर्देशन

पोखरा न्यूज । नक्कली बिलमार्फत अनुदानको रकम समेत जोडेर किताब बेच्ने पोखराको एक सरकारी स्कुललाई विद्यार्थीबाट असुलेको रकम तत्काल फिर्ता गर्न शिक्षा महाशाखाले निर्देशन दिएको छ ।

नक्कली बिलमार्फत अनुदानको रकम समेत जोडेर किताब बेच्दै पोखराको सरकारी स्कुल शीर्षकमा पोखरा न्यूजले बुधबार समाचार प्रकाशित गरेसँगै महाशाखाले पोखरा महानगरपालिका ११ काहुँमा रहेको कालिका माध्यमिक विद्यालयलाई उक्त रकम फिर्ता गर्न निर्देशन दिएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

विद्यालयको तर्फबाट गलत भएको पुष्टि भएसँगै प्रधानाध्यापक निर्मला मानन्धरलाई विद्यार्थीबाट लिएको रकम तत्काल फिर्ता गर्न निर्देशन दिइएको महाशाखाका निर्देशक हेम प्रसाद आचार्यले पोखरा न्यूजलाई बताउनुभयो । ‘उक्त विद्यालयले नियम विपरीत कार्य गरेको पाइएपछि विद्यालयका प्रधानाध्यापकलाई विद्यार्थीबाट लिएको अतिरिक्त रकम तत्काल फिर्ता गर्न निर्देशन दिएका छौँ’, निर्देशक आचार्यले भन्नुभयो, हामीले यस विषयमा अन्य कुराहरूसमेत समेटेर एक दुई दिनमा थप निर्देशनसहित पत्राचार गर्नेछौ ।‘

विद्यालयकी प्रधानाध्यापक मानन्धरको प्रत्यक्ष संलग्नतामा पाठ्यपुस्तकबापत सरकारी अनुदानमा प्राप्त रकमसमेत नघटाई प्राइभेट पब्लिकेसनका किताब मिलाएर विद्यालयबाटै नक्कली बिलमार्फत पाठ्यपुस्तक बिक्री हुँदै आएको थियो ।

विद्यालयले स्कुल विकास शुल्कको नाममा विद्यार्थीसँग भर्ना शुल्क समेत उठाउँदै आएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button