सुश्माको ‘सानी’ मा बलात्कृत बालिकाको पीडा

राजाराम पौडेल । लोक दोहोरी गायिका सुश्मा ठकुरीको ‘सानी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सुश्माले नै रचना गरेको गीतमा सर्मीला गुरुङ, अर्जुन सापकोटाको साथमा सुश्माको आवाज सुन्न सकिन्छ । गीतमा संगीत अर्जुन सापकोटाले भर्नुभएको हो । कमल सौरागले संगीत संयोजन र कुमार रानाले मिक्सिङको काम गर्नुभएको छ । नेपालमा पछिल्लो क्रममा बालबालिका माथि भइरहेका बलात्कारका घटनालाई विषयवस्तु बनाई गीत तयार भएको छ ।

गीतको भिडियो सन्देशमुलक बनेको छ एकजना पिडित स्कुले बालिकाको पीडालाई गीत मार्फत प्रस्तुत गरेर पस्कने निर्माण टिमले निकै मेहनत गरेको छ ।

गीतको भावलाई भिडियो मार्फत पस्कदै दर्शक श्रोतालाई बुझाउन खोजिएको छ । प्रकाश भट्टको निर्देशनमा तयार भएको भिडियोमा रोश्नी कार्की, सुश्मा ठकुरी, प्रज्वल मल्ल, हरि थापा, खेब बा, गोमा न्यौपाने र बालकलाकार सुखुको अभिनय हेर्न पाइन्छ । भिडियोको छायाकंन राजेश घिमिरे र सम्पादन विष्णु शर्माले गर्नुभएको हो ।

नेपाली नारीहरुको महान् पर्व तीजलाई लक्षित गरेर यो गीत सार्वजनिक गरिएको हो । गीतबाट दर्शक श्रोताको सकारात्मक प्रतिक्रिया मिलिरहेकोले उत्साह थपिएको गायिका ठकुरीको भनाई छ । सबै जनालाई एकपटक गीत सुनेर र हेरेर प्रतिक्रिया दिन उहाँ आग्रह गर्नुहुन्छ ।

‘समाजमा भैइरहेको घटनालाइ टपक्क टिपेर जस्ताको त्यस्तै बलात्कृत (सानी) हजुरहरु माझ पस्किएकी छु । म जस्तै छोरीहरु बारम्बार असुरक्षित भएको आँखाले टुलु–टुलु हेरिरहन सकिन । हामी सबै मिलेर आवाज उठाउने प्रयास गर्‍यो भने अवश्य एकदिन हाम्रो समाज फेरिनेछ भन्ने अपेक्षा छ । कृपया मेरो यो सानो प्रयास हजुरहरुलाई कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला’ ठकुरीले पोखरा न्यूजसँग भन्नुभयो ।

त्यसोत गायिका ठकुरीको जन्म तनहुँ जिल्लाको भिमाद नगरपालिका वडा नम्बर ९ भानुमती अस्पाग्दि भन्ने ठाउँमा भएको हो । बाल्यकालदेखिनै गीतसंगीत प्रति रुचि राख्ने उहाँले एकदर्जनभन्दा बढी गीतमा आवाज भरिसक्नुभएको छ ।

उहाँले आवाज भरेको पहिलो गीत भने ‘एउटा साथी छ’ हो । उहाँका जुनतारा झलमल, हे सानू हे माया, पन्चेबाजा लगनको महिनाले, ओए बुढा तीज गीत, चालेका पाइला आदि गीत चर्चामा छन् । उहाँ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल तनहुँ जिल्ला कार्यसमितिको सदस्य समेत हुनुहन्छ । ‘सानी’ गीत स्पन्दन मिडियाको युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।

भिडियो लिंक:

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button