एनआरएनए बहराइनमा पुनः लक्ष्मी, आइसीसी सदस्यमा दिनेश निर्विरोध

दोहा कतार । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् बहराइनको आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । आगामी २०२१/२३ कार्यकालका लागि अध्यक्षमा पुनः लक्ष्मी गिरी विजयी हुनु भएको छ। उहाँले आफ्नो निकटतम प्रतिद्वन्दी सुभाष केसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । गिरीले ९५६ मत ल्याउँदा केसीले ३०९ मत प्राप्त गर्नु भएको निर्वाचन समितिले जनाएको छ l

आगामी कार्यकालको वरिष्ठ उपाध्यक्ष अमर श्रेष्ठ, उपाध्यक्षमा तिर्थ बहादुर भण्डारी र युवराज प्याकुरेल, महिला उपाध्यक्षमा कृष्ण कुमारी गुरुङ निर्विरोध निर्वाचित हुनु भएको छ । त्यस्तै महासचिवमा राजु कुमार श्रेष्ठ पुनः विजयी हुनु भएको छ l उहाँले ९४९ मत पाउँदा प्रतिद्वन्दी देवेन्द्र गिरीले ३०२ मत प्राप्त गर्नु भएको थियो । यस्तै सचिवमा ९५० मत प्राप्त गर्दै वीरेन्द्र बुढाथोकी विजयी हुनु भएको छ भने सचिवमै वीरेन्द्र बुढाथोकी, सहसचिवमा कृष्ण प्रसाद गैरे, महिला संयोजकमा सङ्गीता खत्री निर्विरोध निर्वाचित हुनु भएको छ ।

कोषाध्यक्षमा भावना आचार्य पन्त ९५१ मतसहित विजयी हुँदा सह कोषाध्यक्षमा दीप विक्रम राना र युवा संयोजकमा सन्त कुमार न्यौपाने निर्विरोध निर्वाचित हुनु भएको छ l त्यस्तै कार्यसमिति सदस्यहरूमा तिलक बहादुर कार्की, दीपक बहादुर दर्जी, सुशीला खत्री, रुद्रमणि उप्रेती, मिना तामाङ, फलाम सिंह लामा र सूर्य भण्डारी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ l बहुसङ्ख्यक पदमा सहमति भए पनि समिति पदका लागि निर्वाचन गरिएको थियो l

आइसीसी सदस्यमा एकल निर्विरोध बस्नेत को हुन् ?

विक्रम सम्बत २०४५ सालमा म्याग्दी जिल्लामा जन्मिएका दिनेश बहादुर बस्नेत विगत १२ साल देखि बहराइनमा कार्यरत हुनुहुन्छ l प्रवासी म्याग्देलीहरुको साझा संस्था मोना बहराइनका महासचिव समेत रहेका बस्नेत एनआरएनए बहराइनबाट आइसीसी सदस्यमा निर्वाचित हुने एक्ला उम्मेदवार हुनुहुन्छ l

२०१९/२१ कार्यकालमा कार्यसमिति सदस्य पदबाट एनआरएनए बहराइनमा प्रवेश गरेका बस्नेत सह सचिव हुँदै आइसीसी सदस्य बन्न सफल हुनु भएको हो l

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button