बाग्लुङमा लुकाइ राखेका २२ नाल भरुवा बन्दुक फेला

पोखरा न्यूज । बाग्लुङका विभिन्न ठाँउमा लुकाइ राखेका २२ नाल भरुवा बन्दुक प्रहरीले फेला पारेको छ । आइतबार दिउसो साढे ११ बजेको समयमा प्रहरी चौकी बुङगादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जनाएकाे छ ।

बागलुङको तमानखोला गाउँपालिका ४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओढारमा १ नाले भरुवा बन्दुक १२ नाल र वडा नं ३ मार्के खोलाको ओढारमा १ नाले १० नाल बन्दुकहरु फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनु भएको छ ।

ओढारमा भरुवा बन्दुक लुकाइ छिपाइ राख्नेहरुका बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button