कास्कीमा २०० सहित प्रदेशमा थप ४४७ मा संक्रमण

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा १०५ जना पुरुष तथा ९५ जना महिला गरी २०० जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १२९ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ४४७ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका २०० सहित म्याग्दीका २ जना, पर्वतका ८ जना, गाेरखाका २६ जना, लमजुङका १९ जना, तनहुँका १४ जना, बाग्लुङका १०० जना, स्याङ्जाका ६७ जना र नवलपुरका ११ जना गरी प्रदेशका ९ जिल्लामा २२७ पुरुष तथा २२० जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६४ हजार ३९५ पुगेको छ। पछिल्लो २४ घण्टामा ३४४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६० हजार २६० पुगेको छ ।

गण्डकीमा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ५४ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button