जोजिजू म्युजिक सेन्टरमा सांगीतिक कार्यक्रम

राजाराम पौडेल । पोखराको रानीपौवामा रहेको जोजिजू म्युजिक सेन्टरमा
सांगीतिक कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा म्युजिक सेन्टरका निर्देशक, गायक संगीतकार बिनित जोजिजू सहित कलाकार उषा गुरुङ, लक्ष्मी मगर, सुशील ठकुरी, पुकार सिंह ठकुरी, आशिक सुनार, आशिष गुरुङ, प्रदीप राज बराल, दर्शन गुरुङ लगायतले गीत तथा धुन सुनाउनुभयो ।

गुरु पुर्णिमाको सन्दर्भ पारेर जोजिजू म्युजिक सेन्टर तथा म्युजिक स्कुल रानीपौवा पोखरामा यो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा म्युजिक स्कुलका निर्देशक विनित जोजिजू, ब्यबस्थापक सानु जोजिजू, प्रशिक्षकहरू अरुण डङ्गोल, प्रदिप राजपाल, समीर गायक, बिमल गायक, विशाल प्रतेल र सुदिप गायकलाई प्रशिक्षार्थीहरुले सम्मान गर्दै उहाँहरुबाट आशिर्वाद लिनुभयो ।

प्रशिक्षार्थी सुशील ठकुरीको संयोजकत्वमा भएको कार्यक्रमलाई सफल बनाउन लक्ष्मी मगर र पुकार सिंह ठकुरीको विशेष भूमिका खेल्नुभएको थियो।

सोही अवसरमा एक महिना मादल प्रशिक्षण लिएका आदर्श महिला समूह पुरानो धारा पोखरा-१२ का सदस्यलाई प्रमाणपत्र प्रदान गरियो ।

म्युजिक स्कुलका निर्देशक विनित जोजिजूको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संयोजक सुशील ठकुरी तथा कार्यक्रम सञ्चालन म्युजिक स्कुलको प्रशिक्षार्थी पर्बत बि.क.ले गर्नुभएको थियो।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button