पोखराको रातोपैह्रामा रहेको बञ्जी शुक्रबारबाट पुनः सञ्चालनमा आउने

पोखरा न्यूज । तीन महिनादेखि बन्द रहेको “गो बञ्जी नेपाल ” शुक्रबारबाट सञ्चालनमा आउने भएको छ ।

कोरोना भाइरसको संक्रमणको दोस्रो लहरसँगै जारी भएको निषेधाज्ञाका कारण वैशाख १५ गते देखि बन्द भएको बञ्जी साउन १५ गते शुक्रबारबाट पुनः सञ्चालन हुन लागेको बञ्जी नेपाल एडभेन्चर प्रालिका अध्यक्ष सन्तोष भट्टराईले जानकारी दिनुभयो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पर्यटकीय नगरी पोखराको रातो पहिरो महतगौंडामा निर्माण कार्य शुरु भएको झन्डै दुई वर्षपछि गत वैशाख १ गतेदेखि व्यावसायिक रूपमा सञ्चालन आएको बञ्जी सञ्चालन भएको १५ दिनमै निषेधाज्ञा जारीपछि बन्द गर्नुपरेको अध्यक्ष भट्टराईले बताउनुभयो ।

‘हामीले सञ्चालनको १५ दिनमै कोरोनाको दोस्रो लहरका कारण व्यवसाय बन्द गरेका थियौ’, अध्यक्ष भट्टराईले भन्नुभयो, ‘धेरै ग्राहकको अनुरोधपछि प्रशासन सँग छलफल गरी पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर ठ्याक्कै तीन महिनापछि साउन १५ गते शुक्रबारबाट पुनः सञ्चालन गर्न लागेका छौँ ।’ उहाँले सामान्य ड्रिंक्स बाहेक अहिलेलाई रेस्टुरेन्टका सुविधाहरू भने प्राप्त नहुने बताउनुभयो ।

हाल बञ्जी जम्पको पाँच हजार मूल्य कायम गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो । अध्यक्ष भट्टराईका अनुसार बञ्जी गर्न चाहने साहसिक पर्यटकले पाँच हजार शुल्क तिरेपछि एउटा गो प्रो भिडियो, एउटा एचडी भिडियो, फोटोहरू तथा टिसर्ट प्राप्त गर्नेछन् ।

अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय नाम “गो बञ्जी” को फ्रेन्चाइजका रूपमा कुल आठ करोड २५ लाखको लागतमा सञ्चालनमा ल्याइएको बञ्जीमा ५५ मिटर लामो क्यान्टिलिभर पुल मार्फत स्टेसनको १०१ र १०५ मिटर गरी २ उचाइबाट जम्प गर्न सकिने प्रालिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button