कास्कीका ५ सहित प्रदेशमा थप ८ संक्रमितकाे मृत्यु

पोखरा न्यूज । कोरोना संक्रमित भई पोखरा, बाग्लुङ र चितवनका विभिन्न अस्पतालमा उपचाररत गण्डकी प्रदेशका थप आठ जनाको उपचारकै क्रममा मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भई पोखराको गण्डकी मेडिकल कलेज, पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चरक मेमाेरियल अस्पताल, धाैलागिरी अस्पताल बाग्लुङ र चितवनकाे भरतपुर अस्पतालमा उपचाररत तीन पुरुष र पाँच महिलाको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालायले साेमबार जानकारी दिएको छ ।

निर्देशनालायका अनुसार मृत्यु हुनेहरुमा कास्की जिल्लाका ५ जना, बाग्लुङ जिल्लाका १ जना, स्याङ्जा जिल्लाका १ जना र नवलपुर जिल्लाका १ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले आज पुष्टि गरेकाे छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ६२ पुगेको छ ।

विवरण यस्ताे छः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button