कास्कीका ३०४ सहित गण्डकीमा थप ७१० मा संक्रमण

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा १४७ जना पुरुष तथा १५७ जना महिला गरी ३०४ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ३६५ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ७१० जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ३०४ सहित म्याग्दीका ६ जना, पर्वतका ४३ जना, गाेरखाका १९ जना, लमजुङका २७ जना, तनहुँका ७९ जना, बाग्लुङका ३५ जना, स्याङ्जाका ६०  जना र नवलपुरका १३७ जना गरी प्रदेशका ९ जिल्लामा ३४७ पुरुष तथा ३६३ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६५  हजार १०५ पुगेको छ। पछिल्लो २४ घण्टामा ३७४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६० हजार ६३४ पुगेको छ ।

गण्डकीमा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ६२ पुगेको छ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button