मनाङकाे पिसाङ जोगाउन स्थानीयवासी अग्रसर

पोखरा न्यूज । अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीपहिरोले मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका बासिन्दालाई जोगाउन स्थानीयवासी अग्रसर भएका छन् ।

नदी छेउछाउका घर बाढीले कटान गर्न थालेपछि बस्ती जोगाउने अभियान थालिएको स्थानीयवासी छिरिङ गुरुङले बताउनुभयो । “पिसाङको ठाडो खोलाले बालीनाली विनाश गर्‍यो, सडक सञ्जाल पनि क्षतविक्षत पार्‍यो, त्यसैले स्थानीयवासीको अग्रसरतामा ‘पिसाङ बचाउ अभियान’ शुरु गरेका हौं,” उहाँले भन्नुभयो ।

अभियानअन्तर्गत खोलामा आएको बाढीले क्षति पुर्‍याउनसक्ने स्थानमा ग्याबिन जाली लगाएर कटान रोक्ने प्रयास गरिएको छ । पिसाङ जोगाउन हरेक घरले रु १० हजार सङकलन गरेका र स्थानीयवासीको हातेमालोका लागि सांसद पोल्देन छोपाङ गुरुङले रु एक लाख २५ हजार सहयोग उपलब्ध गराउनुभएको छ ।

नदीको दुबैतर्फ बाढीले कटान गरेकामा करीब ६५० मिटर ग्याबिन जाली राखिसकिएको र थप कटान हुन नदिन अझै ग्याबिन जाली लगाउने कार्य भइरहेको गाउँपालिका अध्यक्ष कान्छा घलेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासीले आफ्नो गाउँलाई बचाउन अभियानमार्फत गरेको एकताले हरेक विपद्मा जुध्नसक्ने क्षमता बढ्ने रहेछ भन्ने देखिएको छ । ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button