फिल्म हेर्दाका तिता–मिठा अनुभव

हलमा टिकट काटिदिने दादा केटाहरु हुन्थे

राजाराम पौडेल । अहिले त सानो उमेरमा नै फिल्म हेर्ने पहुँच धेरैमा छ । तर केही वर्ष अगाडिसम्म फिल्म हेर्ने क्रम स्कुल लेभलमा अध्ययन गर्ने क्रममा सुरु हुन्थ्यो । कलेज पढ्दाका सुरुवाती दिनमा फिल्म हेर्नेहरु झनै धेरै हुन्थे । स्कुल पढ्ने क्रममा तथा कलेज पढ्ने क्रममा फिल्म हेर्दाका आफ्ना तिता–मिठा अनुभव केही कलाकार तथा सञ्चारकर्मीले पोखरा न्यूजसँग सेयर गर्नुभएको छ ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले फिल्मको टिकट काट्ने क्रममा लगाएको सर्टको बाहुला नै च्यातिएको भुल्नु भएको छैन ।

नेपाली फिल्म ‘तिलहरी’ हेर्नको लागि टिकट काट्न भनेर विन्ध्यवासिनी हलमा लाइनमा बसेको थिए । टिकट काट्नको लागि भिड ठुलो थियो । भिडमा पसे । टिकट काट्ने क्रममा मैले लगाएको सर्टको बाहुला नै च्यातियो । त्यतिबेला टिकट काट्न सजिलो थिएन । ठेलमठेल हुन्थ्यो ।

मैले आठ कक्षा पढ्दाबाट फिल्म हेर्न थालेको थिए । म अमरसिंह माविमा पढ्थे । ७ कक्षासम्म आर्वामा अध्ययन गरेपछि ८, ९, १० कक्षा अमरसिंहमा पढे । त्यतिबेला भारतमा बसेर आएको राजु भन्ने साथी थियोे । उसले हिन्दी फिल्म हेर्न खोज्थ्यो । उसैसँग मेरो संगत भयो । अनि फिल्म हेर्न थाले । त्यतिबेला प्रायः घरबाट ढाटेरै फिल्म हेर्थे । फिल्म हेर भनेर घरबाट पैसा दिने कुरा भएन मौका मिलाएर हेर्थे । हलमा त्यतिबेला सेकेन्डको टिकट काटेर हेर्दा समेत अर्कै खालको आनन्द आउथ्यो । संस्थापक अध्यक्ष सिग्देलले भन्नुभयो ।

कलाकार प्रिती गुरुङसँग फिल्म हेर्दा हाँसेको अनुभव धेरै छ । उहाँलाई रमाइलो पारामा फिल्म हेर्न मनपर्छ । गुरुङ फिल्म हेर्दा हाँसेको हाँसै गरेका अनुभव मसँग छन् ।

गुरुङ फिल्मको कलाकार दलबहादुर दाईको अभिनय रहेको गुरुङ फिल्म हेर्दा हामी खुशीले गदगद भएर हाँसेको हाँसै गरेका थियौ । हाम्रो घरमा टिभी थिएन । छिमेकीको घरमा टिभी हेर्न जाने र फिल्म हेर्दै सबैजना हाँस्ने गथ्र्यौ । यसरी टिभी हेर्न पाउँदा रमाइलो लाग्थ्यो । उहाँले सम्झनुभयो ।

टिभी र डेक भाडा ल्याएर पैसा उठाएर फिल्म हेरेको गुरुङ फिल्म एशोशिएशन नेपालका जिफानका अध्यक्ष भोज बहादुर गुरुङ सुनाउनुहुन्छ ।

सानोमा धेरै हिन्दी फिल्म हेरिन्थ्यो । हामीले साथीभाई मिलेर १०, १० रुपैयाँ उठाएर टोलमा टिभी र डेक भाडामा ल्याएर रातभरी फिल्म हेथ्र्यौ । त्यो बेला एउटा हिन्दी फिल्म हामीले हेरका थियो । फिल्मको नाम थियो ‘अन्दाज अपना अपना’ । यो अमिर खान र सलमान खानले अभिनय गरेको कमेडी बेसको फिल्म थियो । त्यो फिल्मका दृश्यले हामीलाई हाँसो लाग्यो । पछि साथीभाइ एक आपसमा हाँसेको देखेर फेरि हाँसो लाग्यो । यसरी हाँस्दा हाँस्दा आँशु नै झरेको थियो । त्यसरी रमाइलो गरेको याद अझै आउँछ । भुलेको छैन । फिल्मको दृश्य संवाद र सिक्वेन्स अझैपनि मन मस्तिष्कमा ताजा नै रहेको समेत उहाँले बताउनुभयो ।

चलचत्रि निर्माता तथा निर्देशक शम्भु थापा भिडलाई छिचलेर फिल्म हेर्दा आनन्द आउने गरेको अनुभव सुनाउनुहुन्छ । भिडलाई छिचलेर टिकट काउण्टरबाट टिकट काटेर मन परेको फिल्म हेर्दा आनन्द आउथ्यो । उहाँले भन्नुभयो ।

कलाकार उर्मिला गुरुङले दिदीसँग हलमा गएर फिल्म हेर्ने गरेको सुनाउनुभयो । बाल्यकालमा खासै फिल्म हेर्न पाउने थिएन । अर्को कुरा फिल्म हेर्ने माध्यम पनि हुने थिएन । फिल्म हेर्न हलमा नै जानुपर्ने थियो । एकजना दिदी हुनुहुन्थ्यो । उहाँ बिराज भट्ट्को ठूलो फ्यान । उहाँले जहिले पनि फिल्म हेर्न जादा मलाई लिएर जानु हुन्थ्यो । तर हरेक चोटी जाँदा कहिले पर्स, कहिले मोबाईल केहि न केहि हराउनु नै हुन्थ्यो । यहीं कुराहरुले गर्दा त्यतिबेला हलमा फिल्म हेर्न गएको दिनहरु सम्झदा अहिले रमाईलो लाग्ने गरेको उहाँको भनाई छ ।

फिल्म हेरिसकेपछि हिरोको जस्तै अभिनय गर्न खोज्ने बानी आफ्नो भएको गायक सन्तोष बस्याल बताउनुहुन्छ । बाल्यकालमा त फिल्म हेरिसकेपछि हिरोको जस्तै अभिनय गर्न मनपथ्र्यो । साथीभाइहरु जम्मा गरी आफु हिरो बन्ने अरुलाई गुण्डा बनाएर फिल्ममा जस्तै अभिनय गर्ने प्रयास गरिन्थ्यो । तर अहिले त्यस्तो छैन । अहिले केवल मनको शान्तिका लागि र मनोरञ्जनका लागि मात्र फिल्म हेर्ने गरेको उहाँले खुलाउनुभयो ।

गुरुङ फिल्म एशोशिएशन नेपाल जिफानका निवर्तमान अध्यक्ष गिरीप्रसाद गुरुङ गाउँबाट पोखरा झरेपछि नै फिल्म हेर्न थालेको सुनाउनुहुन्छ । गाउँमा रहँदा फिल्म हेर्ने अवसर मिलेन । अध्ययनको लागि पोखरा झरेपछिनै फिल्म हेर्न थालेको हुँ । त्यतिबेला फिल्म हेर्न पाउँदा रमाइलो, नौलो लाग्थ्यो । उहाँले भन्नुभयो ।

गाउँबाट ग्रुप बनाएर फिल्म हेर्न हलसम्म आउने गरेको गायिका तुलसी क्षेत्रीको अनुभव छ । फिल्म हेर्न हुरुक्कै हुने थिए । लाहाचोकबाट हिँडेर हेम्जासम्म आइथ्यो । त्यहाँबस चढेर पोखरा आएर फिल्म हेरेर फर्कन्थ्र्यौ । धेरैजसो साथीहरुको ग्रुप बनाएर नै फिल्म हेर्न आउने गर्थे । यसरी फिल्म हेर्दा बेग्लै मज्जा हुने थियो ।

गायक अविनाश घिसिङले पाँच रुपैयाँको टिकट काटेर फिल्म हेरेको विर्सनु भएको छैन । बाल्यकालमा फिल्म हेर्दा निकै रमाईलो हुन्थ्यो । पाँच रुपैयाँको टिकट काटेर फिल्म हेरेको सम्झना छ । विशेषगरी नेपाली फिल्म ‘सम्पति’ हेरेको भुलेको छैन । विश्व ज्योति हलमा गाँउबाट भागेर काठमाण्डौं आएको बेला हेरेको थिए । त्यतिबेला निकै खुशी भएको थिए । ती दिनहरु अझै मलाई याद छ । सम्झदा रमाइलो लाग्ने गरेको घिसिङ बताउनुहुन्छ ।

निर्माता तथा निर्देशक राजेन्द्र ढकाल ‘राहुल’सँग समेत फिल्म हेर्ने बेलाका केही स्मरण मनमा ताजै छन् । बाल्यकालदेखि अहिलेसम्म फिल्म हेर्दा धेरै रमाइला घटनाहरु छन् । ‘दर्पणछाँया’ फिल्म हेर्न जाँदाको घटना अझै ताजा छ । त्योबेला नेपालमा बलिउड नायक ऋतिक रोशनको पुत्ला जलाएका थिए । अझै सम्झना छ, पृथ्वी हलबाट फिल्म हेरेर फर्किदा चाबहिलमा आन्दोलन भैरहेको थियो । प्रहरीले अश्रु ग्याँस हनिरहेको थियो । हामी ज्यान बचाउन एउटा घर भित्र पसेका थियौँ । ‘आफ्नो मान्छे’ फिल्म हेर्न जाँदा टिकट नपाएर धेरै मुस्किलले फिल्म हेरेको भुलेको छैन । ढकालले भन्नुभयो ।

गायक आनन्दराज बज्राचार्यसँग फिल्म हलमा मात्र नभएर डेक र टिभी भाडामा ल्याएर फिल्म हेरेका अनुभव छन् ।

फिल्म हेर्न मलाई सानैबाट एकदमै मन पथ्र्यो । म सानो हुँदा बाबासँगै फिल्म हेर्न जाने गर्थें । राम्रो फिल्महरु चल्यो भने बाबाले आज फिल्म देखाउन लान्छु भन्नु हुन्थ्यो अनि संगै लिएर जानुहुन्थ्यो । अलि ठुलो भएपछि साथीभाईहरुसँग ठुलो ग्याङ भएर फिल्म हेर्न गईन्थ्यो । ल साथी हो आज फिल्म हेर्न जाने है भनेपछि २०,२५ जना साथीहरु त्यसै भइहाल्थ्यो त्यसरी ग्रुप बनाएर हेर्न गईन्थ्यो । पछि पछि भिडियोमा (भिसिआर) डेक र टि.भी.भाडामा लिएर साथी भाइहरु मिलेर पैसा जम्मा गरेर हेर्न थालियो । यसरी फिल्म हेर्दा रमाइलो लाग्थ्यो । बज्राचार्यले सुनाउनुभयो ।

पत्रकार विनोद लामिछाने नब्बे दशकका अधिकांस फिल्म पहिलो शो मै हलमा पुगेर हेरेको सुनाउनुहुन्छ । स्कुल पढ्दा राजा रानीको जन्मदिन, प्रजातन्त्र दिवस लगायत विभिन्न दिवसमा स्कुलले टुंडिखेल लैजान्थ्यो । तर टुंडिखेल कहिल्यै पुगिएन । हामी विचमै लाइनबाट भाग्थ्यौं । र, फिल्महल पुग्थ्यौं । सन्तान, साइनो लगायतका फिल्म कम्तिमा दश/दश पटक हेरेको छु । हामी दिनदिनै हलमा पुग्थ्यौं । हिन्दी फिल्ममा फाइट गन्थ्यौं । चौध फाइट, पन्ध्र फाइट भन्दै साथीहरुलाई गफ लगाउँथ्यौ । सबैभन्दा मज्जा लागेको फिल्म ‘शोले’ थियो ।

पैसा दिएपछि टिकट काटिदिने केहि दादा केटाहरु हुन्थे । मान्छे माथि मान्छे चढेर टिकट काट्थे । यस्तो बेला फाइट पनि पथ्र्यो । कहिलेकाँहि टिकट काट्ने लाइन मिलाउन पुलिस आउँथे ।

कलेज पुगेपछि समेत फिल्म हेर्ने मेरो चाहना उस्तै थियो । ‘फष्ट डे फष्ट शो’ नै हेर्नुपर्छ भन्ने मेरो मान्यता थियो । फिल्म फेरिदाका दिन कहिल्यै कक्षामा हुँदैन्थे । नब्बे दशकका अधिकांस फिल्म मैले पहिलो शो मै हेरेको छु । कहिलेकाहिं टिकट काट्न सकिएन भने वा ब्ल्याकमा समेत पाइएन भने फर्कनुपथ्र्यो । त्यस्तो बेला नरमाइलो लाग्ने गरेको अनुभव नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका पूर्व अध्यक्ष समेत रहनुभएका लामिछानेको अनुभव छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button