महराले पाए करणी मुद्दाबाट सफाइ

पोखरा न्यूज । उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी मुद्दाबाट सफाइ दिएको छ ।

न्यायाधीशद्वय माधव पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले आज उहाँलाई सफाइ दिएको हो । यसअघि काठमाडौँ जिल्ला अदालतले पनि पूर्वसभामुख महरालाई उक्त मुद्दाबाट सफाइ दिएको थियो ।

उच्च अदालतले जिल्ला अदालतको निर्णयलाई नै सदर गरेको उच्च अदालतका रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button