कास्कीका बाढी पीडित भेडी गोठालेलाई सहयोग रकम संकलन

पाेखरा न्यूज । गत असार १ गते देशका विभिन्न भागमा परेको अविरल वर्षापछि आएको वाढीपहिरोका कारण देशका विभिन्न भागमा मानवीय तथा जनधनको ठुलो नोक्सानी भयो । संचारको पहुँचमा भएका क्षेत्रहरुको क्षतिका बारेमा सोही दिन जानकारी प्राप्त गर्न सकियो ।

साेही दिन अविरल वर्षापछि आएको बाढीका कारण कास्कीको मादी गाउँपालिका वडा नं १ सिक्लेस हुगु गोठमा रहेको सिक्लेसी भेडा पालक किसान (भेडी गोठाले) लिल प्रसाद गुरुङ र लेख नाथ गुरुङको झन्डै तीन सय भन्दा बढी भेडा बाख्रा तथा ३ वटा भोटे कुकुरहरु बाढीले बगाएको खबर एक दिन पछि मात्र सार्वजनिक भयाे ।

उद्दारका लागि सिक्लेसबाट २४ जनाको टोली हुगु गोठ पुग्यो र बाढीबाट बचेका १८ वटा भेडा र ६ वटा बाख्रा सहित २४ वटा भेडाबाख्रा लिएर सिक्लेस फर्किएकाे थियाे । गाउँ आइसकेपछि उद्दार टोलीले खिचेका बाढीग्रस्त क्षेत्रका तस्विर तथा उद्दारका दृश्यहरु एकाएक सामाजिक संजालमा भाइरल बन्यो ।
यहीं भाइरल तस्विर र दृश्यहरुले बेलायतमा बस्दै आउनुभएका सिक्लेसबासीहरुले भेडी गोठलाई जोगाइ राख्न सहयोग संकलन अभियान संचालन गर्ने सोच बनाउनु भयाे ।

उहाँहरुकाे अपिल पछि सिक्लेस पार्चे कम्युनिटिका सदस्यहरुबाट पाँच लाख २९ हजार चार सय १६ रुपैयाँ, समाज बाहिरका समाजसेवीहरुबाट तीन लाख आठ हजार नौ सय ६० रुपैयाँ गरी कुल आठ लाख ३८ हजार तीन सय ७६ रुपैयाँ संकलन भयाे ।

सो रकम आज सिक्लेस पार्चे तमु समाज पोखरामा एक कार्यक्रमको आयोजना गरी तमु धिं युके तथा एनआरएन युकेका पुर्व अध्यक्ष समाजसेवी मुक्षेत्र गुरुङ र तमु धिं युके तथा सहारा युकेका कार्यसमिति सदस्य समाजसेवी भोज गुरुङमार्फत सिक्लेस पार्चे तमु समाज पोखराका अध्यक्ष कप्तान सम्सेर गुरुङ, आमा समिति अध्यक्ष पदम शोभा गुरुङ तथा समन्वयकर्ता हितमान गुरुङलाई हस्तान्तरण गरिएको छ ।

कोभिड महामारीका विच पनि आफ्नो गाउँठाउँ, जन्मभूमीमा भएको प्राकृतिक विपति, आपतविपतमा गरिने यस्ता सहयोगले समाज सुखमा मात्र होइन दुखमा पनि साथमा रहने सन्देश दिएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button