ओलम्पिकमा जलपरी गौरिको नयाँ राष्ट्रिय कीर्तिमान

पोखरा न्यूज । जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ ।

टोकियो एक्वेटिक सेन्टरमा आज भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको हो । एक सय मिटर फ्रिस्टाइलमा उहाँले  १ः००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो ।

गौरिकाले प्रतिस्पर्धा गरेको हिट चरणमा चार जना खेलाडी रहेका थिए । जसमा उहाँ तेस्रो स्थानमा रहनुभयो । यस स्पर्धामा उत्कृष्ट १६ खेलाडी मात्र सेमिफाइलनमा प्रवेश गर्नेछन् । पचास मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्नुभएको हो । यसअघि उहाँको नाममा १ः००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।

ओलम्पिकमा गौरिकाको यो दोस्रो सहभागिता हो । यसअघि २०१६ मा गौरिका रियो ओलम्पिकमा सहभागिता जनाउनुभएको थियो । रासस

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. Bhaneshi 100 m freestyle ma gaurika ley 1 ghanta 0.11 ma pura garnu bho 🤔🤔🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button