राजनीतिसमाचारसमाज

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए सपथ

पोखरा न्यूज । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले आज शीतल निवासमा आयोजित कार्यक्रममा शपथ लिनुभएको हो ।

उहाँहरूलाई नेपाल सरकारको सिफारिशमा राष्ट्रपतिले मङ्गलबार नियुक्त गर्नुभएको थियो । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षलगायतको उपस्थिति थियो । रासस

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x