सुनपसल लुटपाट गर्न खाेज्ने हतियारधारी समूह पक्राउ

पोखरा न्यूज । आधुनिक हतियारसहित सुनचाँदी पसल लुट्न खोज्ने हतियारधारी समूह मोरङमा पक्राउ परेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका १० त्रिबेणी चोक स्थितमा रहेको शिव पंञ्चायन ज्वेलर्समा लुटपाट गर्न खोज्ने हतियारधारी समुहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संखुवासभा बारबिसे ६ घर हाल ईटहरी २० तरहरा डेरा गरी बस्ने ३० बर्षीय चिरञ्जिवि राई, संखुवासभा सभापोखरी ४ घर भई हाल ईटहरी २० तरहरा डेरा गरी बस्ने ३९ बर्षीय चन्द्र बहादुर राई, मोरङ सुन्दरहरैचा ५ बस्ने २२ बर्षीय मिशन राई, भोजपुर पौवादुम्मा गापा ३ घर भई हाल ईटहरी २० तरहरा डेरा गरी बस्ने ३० बर्षीय नगेन्द्र राई र मोरङ सुन्दरहरैचा ७ बस्ने ३१ बर्षीय संतोष राई रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ र १ नम्बर प्रदेश प्रहरी कार्यालय आरआइटीबाट खटिएको प्रहरी टोलीले श्रावण १३ गते बिहान सुनसरी र मोरङको बिभिन्न स्थानबाट पक्राउ गरेको हो । गत श्रावण १ गते दिउसो साढे १ बजे एसएमजी र पेस्तोल सहित आएका उनीहरुले हतियार देखाई ज्वेलर्समा लुटपाटको असफल प्रयास गरेका थिए ।

घटनाको जानकारी पाए लगतै प्रहरीले गहन अनुसन्धान थालेको जनाएको छ ।  पक्राउ परेका उनीहरुको साथबाट एसएमजी थान १, त्यसको म्याग्जिन थान १,त्यसकाे राउण्ड ६४, कटुवा पेस्तोल थान १, अटोमेटिक पेस्तोल थान १, त्यसकाे म्याग्जिन थान १, ३०३ राईफलको राउण्ड थान ४ र बिएमआार लेखेको हेण्ड सेट थान २ बरामद गरेको छ । त्यस्तै उनीहरुले प्रयोग गरेका सवारी साधनहरु को २ ह २७३६ अटो टेम्पु, प्रदेश १-०२-०४४ प ५९९५, को २० प १८६, को ८ प ६५८३, को २१ प ६७०३ मोटरसाईकल नियन्त्रणमा लिईएको छ ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट हातहतियार खरखजना तथा संगठित अपराध अन्तर्गत कानुनी प्रकृया अगाडी बढाइएको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button