कास्कीका १६८ सहित गण्डकीमा थप ४२७ मा संक्रमण

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ८३ जना पुरुष तथा ८५ जना महिला गरी १६८ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ९५ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ४२७ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १६८ सहित म्याग्दीका १८ जना, पर्वतका ४१ जना, गाेरखाका ३१ जना, लमजुङका ९ जना, तनहुँका २७ जना, बाग्लुङका २१ जना, स्याङ्जाका ४३ जना र नवलपुरका ६९ जना गरी प्रदेशका ९ जिल्लामा २२२ पुरुष तथा २०५ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६६ हजार ७१६ पुगेको छ। पछिल्लो २४ घण्टामा ३३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ४०३ पुगेको छ ।

गण्डकीमा थप ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ८३ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button