कास्कीका २०२ सहित गण्डकीमा थप ४६७ मा संक्रमण

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा १०९ जना पुरुष तथा ९३ जना महिला गरी २०२ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार २६३ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ४६७ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका २०२ सहित मनाङका २ जना, म्याग्दीका ३ जना, पर्वतका ६ जना, गाेरखाका ६० जना, लमजुङका ४० जना, तनहुँका ५ जना, बाग्लुङका १९ जना, स्याङ्जाका २६ जना र नवलपुरका १०४ जना गरी प्रदेशका १० जिल्लामा २४८ पुरुष तथा २१९ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६७ हजार १८३ पुगेको छ। पछिल्लो २४ घण्टामा २३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ४२६ पुगेको छ ।

गण्डकीमा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ८८ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button