कास्कीका १३८ सहित प्रदेशमा थप ३३२ मा संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ६४ जना पुरुष तथा ७४ जना महिला गरी १३८ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १३ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ३३२ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १३८ सहित मुस्ताङका १ जना, म्याग्दीका ११ जना, पर्वतका १९ जना, गाेरखाका ३६ जना, लमजुङका १४ जना, तनहुँका ५ जना, बाग्लुङका ९३ जना, स्याङ्जाका ४ जना र नवलपुरका ११ जना गरी प्रदेशका १० जिल्लामा १७३ पुरुष तथा १५९ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६८ हजार ३४ पुगेको छ। पछिल्लो २४ घण्टामा १३६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ७८४ पुगेको छ ।

गण्डकीमा थप ३  जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ९९ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button