कास्कीका २३९ सहित प्रदेशमा थप ६०९ मा संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा १२० जना पुरुष तथा ११९ जना महिला गरी २३९ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १४७ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ६०९ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका २३९ सहित मुस्ताङका १ जना, म्याग्दीका २ जना, पर्वतका २२ जना, गाेरखाका ६२ जना, लमजुङका २४ जना, तनहुँका ४८ जना, बाग्लुङका ६६ जना, स्याङ्जाका ९८ जना र नवलपुरका ४७ जना गरी प्रदेशका १० जिल्लामा २८१ पुरुष तथा ३२८ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६८ हजार ६४२ पुगेको छ। पछिल्लो २४ घण्टामा ३०६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ९० पुगेको छ ।

गण्डकीमा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार १०३ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button