कास्कीगण्डकीमनाङमुस्ताङ्शिक्षा/स्वास्थ्यसमाचार

गण्डकीका मुख्यमन्त्रीः कोभिड महामारीको विरुद्धको लडाइँमा सफलता हासिल

पाेखरा न्यूज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोभिड महामारी विरुद्धको लडाइमा सफलता हासिल गरेको दावी गर्नु भएको छ । प्रदेशको मनाङ जिल्लामा १८ वर्षमाथि उमेरका सबैले कोभिड विरुद्धको खोप प्राप्त गरेको भन्दै मुख्यमन्त्री पोखरेलले सरकार नागरिकको स्वास्थ्य प्रति जिम्मेवार रहेको बताउनु भएको हो ।

प्रदेशको अर्काे जिल्ला मुस्ताङ पनि आजै पूर्ण खोप घोषणा हुने उहाँको भनाइ छ । ‘गण्डकी प्रदेश सरकार नागरिकको स्वास्थ्यप्रति जिम्मेवार छ । कोभिड महामारीको विरुद्धको लडाइँमा हामीले सफलता हासिल गरेका छौं। मनाङ जिल्लामा १८ वर्षमाथिको उमेरका सबैले कोभिड विरुद्धको खोप प्राप्त गर्नुभएको छ ।’ मुख्यमन्त्री पाेखरेल भन्नुहुन्छ, ‘आजै मुस्ताङ जिल्ला पूर्ण खोप घोषणा हुनेछ । प्रदेशवासीलाई छिटोभन्दा छिटो खोप उपलब्ध गराउन सरकार प्रतिबद्ध छ ।’

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराका अनुसार मुस्ताङमा साेमबारसम्म काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या १५ पुगेकाे छ ।  मुस्ताङमा २६२ जना संक्रमित भएकामा त्यति ठूलाे संख्यामा सर्वसाधरणकाे मृत्यु भएकाे हाे । २४४ जना निकाे भइसकेका छन् भने ३ जना अझै निकाे भएका छैनन् ।

मनाङमा २ जनाकाे मृत्यु काेराेनाका कारण भइसकेकाे छ भने अझै १० जना निकाे हुन सकेका छैनन् । जिल्लामा १३६ जनामा संक्रमण पुष्टि भएकामा १२४ जना निकाे भइसकेका छन् ।

प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६८ हजार ६४२ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ९० पुगेको छ । संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार १०३ पुगेको छ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x