नेपाल टेलिकमका फोनमा बिहानबाट रिचार्ज नहुने समस्या

पोखरा न्यूज । आज बिहानैदेखि नेपाल टेलिकमका फोनहरुमा रिचार्ज नहुने समस्या देखिएको छ ।

बिहानैदेखि रिचार्जमा समस्या आएपछि उपभोक्ताहरु समस्यामा परेका छन् ।

विद्युतीय माध्यमहरु इसेवा, खल्ती, मोबाइल बैंकिङ लगायतबाट रिचार्ज भएको छैन।

रिचार्ज कार्डबाट भने रिचार्ज गर्न समस्या नभएको उपभोक्ताहरुको भनाइ छ ।

समस्या समाधानको प्रयास भइरहेको टेलिकमले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button