कास्कीका १६६ सहित गण्डकीमा थप ७०१ मा संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ९२ जना पुरुष तथा ९९ जना महिला गरी १६६ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३२७ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ७०१ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका  १६६ सहित मुस्ताङका २२ जना, म्याग्दीका १२ जना, पर्वतका ३७ जना, गाेरखाका ११३ जना, लमजुङका १९ जना, तनहुँका २७ जना, बाग्लुङका ८८ जना, स्याङ्जाका १०५ जना र नवलपुरका ११२ जना गरी प्रदेशका १० जिल्लामा ३५७ पुरुष तथा ३४४ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७० हजार ९६८ पुगेको छ। पछिल्लो २४ घण्टामा ७१० जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६४ हजार १ पुगेको छ ।

गण्डकीमा थप ५  जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार १२३ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button