कास्कीका १९६ सहित गण्डकीमा थप ५७७ मा संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ९४ जना पुरुष तथा १०२ जना महिला गरी १९६ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २०४ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ५७७ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १९६ सहित मुस्ताङका १ जना, म्याग्दीका ७ जना, पर्वतका ५ जना, गाेरखाका ४९ जना, लमजुङका ६२ जना, तनहुँका १३ जना, बाग्लुङका ६० जना, स्याङ्जाका ८६ जना र नवलपुरका ९८ जना गरी प्रदेशका १० जिल्लामा २९० पुरुष तथा २८७ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७२ हजार ६२८ पुगेको छ। पछिल्लो २४ घण्टामा ४२७ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६५ हजार ५९१ पुगेको छ ।

गण्डकीमा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार १४१ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button