कास्कीमा २४ घन्टामा थप १९६ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थपिए ३१७ कोरोना संक्रमित

पोखरा न्यूज । कास्कीमा पछिल्लो २४ घण्टामा थप १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार १०२ जना पुरुष र ९४ जना महिला गरी थप १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा पिसिआर र एण्टि जेन मार्फत कुल ४१३ जनामा कोरोना परीक्षण गरिएको हो ।

गण्डकी प्रदेशका ९ वटा जिल्लामा शनिबार ३१७ जना  संक्रमित थपिएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार  कुल ८६७ जनामा  गरिएको परीक्षणमा मुस्ताङ र मनाङ बाहेकका ९ जिल्लाका १६९ पुरुष र १४८ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

नवलपुरमा २६ पुरुष र १४ महिला गरी ४० जना, तनहुँमा २१ पुरुष र १४ महिला गरी ३५ जना, बागलुङमा १४ पुरुष र १३ महिला गरी २७ जना, स्याङ्जामा ५ पुरुष र १० महिला गरी १५ जना, गोरखामा एक पुरुष तथा म्याग्दी, पर्वत र लमजुङमा १/१ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ हजार ३०६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५०८ जना निको भएसँगै प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६८ हजार २४ पुगेको छ । प्रदेशमा ६ हजार १०२ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट एक बालिकासहित पोखरामा उपचाररत थप ८ जनाको मृत्यु भएको छ । पोखरामा होम आइसोलेसनमा बसेका एकसहित गण्डकीमा शनिबार थप १० जनाको मृत्यु पुष्टि भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button