मिना र यशोदाको आवाजमा ‘नारीको वेदना’ तीज गीत तयार (भिडियोसहित)

पोखरा न्यूज । मिना बराल पराजुली र यशोदा कार्कीको आवाजमा रहेको तीज गीत ‘नारीको वेदना’ तयार भएको छ । मौलिक शैलीको यो तीज गीतमा हरितालिका तीजको अवसर पारेर नारीले आफ्नो वेदनालाई गीत मार्फत प्रस्तुत गरेको प्रसङ्गलाई समावेश गरिएको छ । गीतको रचना तथा संगीत सिर्जना भोजेन्द्र अधिकारीले गर्नुभएको हो ।

गीतले भन्न खोजको भावलाई भिडियो मार्फत प्रस्तुत गर्न खोजिएको छ । साथै तीजको अवसरमा रमाउँदै गीत गाउँदै नाच्दै गरेको चेलीहरू देख्दा तीज आएको आभास गराउँदछ । भिडियोलाई बनावटी भन्दा पनि टिपिकल बनाउने प्रयास गरिएको छ । भिडियोको निर्देशन त्रिभुवन पराजुलीले गर्नुभएको हो ।

भिडियोमा आस्था पौडेल, शारदा पराजुली, शारदा पौडेल, संजीता पौडेल, आशिका पौडेल, शोभा अधिकारी, सिता पौडेल, उजेली देवकोटा, पार्वती पौडेल, गोविन्द बराल, विष्णुमाया बराल, रामचन्द्र बराल, विजय बराल, द्रोपती बराल, सावित्रा बराल, श्रीराम बराल, गंगा बराल, कमला बराल, सावित्रा सापकोटा, सरस्वती पौडेल, नारायण प्रसाद बराल, कृष्ण बराल, मनरुपा बराल सहित गायिका मिना पराजुली र यशोदा कार्कीलाई समेत देख्न सकिन्छ । गीत सिटी सर्ट मुभी युट्युब च्यानलबाट हालै सार्वजनिक गरिएको हो ।

दर्शक श्रोताबाट सकारात्मक प्रतिक्रिया आउँदा गीत तथा भिडियो निर्माण टिम उत्साहित भएको छ । गीत सुनेर तथा हेरेर प्रतिक्रिया दिन गायिका मिना बराल पराजुलीले सबैमाझ आग्रह गर्नुभएको छ । गायिका पराजुली पोखराको ताल वाराही माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक हुनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button