मोबाइल चार्ज गर्दा करेन्ट लागेर लमजुङमा युवतीको मृत्यु

पोखरा न्यूज । मोबाइल चार्ज गर्दा करेन्ट लागेर लमजुङमा एक युवतीको मृत्यु भएकाे छ ।

लमजुङको राईनास नगरपालिका ८ बिसौना बस्ने ४६ वर्षीया कृष्ण कुमारी भुजेलको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको हाे ।

आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा भुजेलको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button