१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रमणि पक्राउ

पोखरा न्यूज । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तुमा एक जना ६५ वर्षीय पुरुष पक्राउ परेका छन् ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका ३ दुबिया बस्ने ६५ वर्षीय चन्द्रमणि पाण्डेलाई सोमबार दिउँसो नेपाल प्रहरीले पक्राउ गरेको जनाएको छ ।
थान सामुदायिक जंगलमा बाख्रा चराउन गएको अवस्थामा चन्द्रमणिले ती बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।