पाेखराकाे फेवाताल पुछारमा फोहरले बिजाेग बनाएकाे ‘भाइरल’ भएपछि……….

पोखरा न्यूज । पोखराको फेवातालको पुछारमा थुप्रिएको फोहरले बिजाेग बनाएकाे तस्वीर सामाजिक संजाल फेसबुकमा भाइरल भएपछि त्यस ठाँउलाई मंगलबार सफा गरिएको छ । गण्डकी प्रदेश सरकारको उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय अगाडि फोहर थुप्रिएर बिजोग अवस्था बनेको थियो ।

फेसवुकमा सार्वजनिक सरोकारका विषयहका तस्वीरहरु पोष्ट गर्नुहुने चर्चित अभियन्ता भीम उपाध्यायले फोहरसहितको तस्वीर आइतबार पोष्ट गर्नुभएको थियो । ‘गण्डकी प्रदेश सरकारको उर्जा जलश्रोत तथा खानेपानी मन्त्रालय अगाडि कै खोलामा यस्तो बिजोग रहेछ।’- उहाँले पाेष्टमा लेख्नु भएकाे थियाे ।

सामाजिक संजालमा तस्वीर भाइरल भएपछि सरोकारवालाले फोहर सफा गर्न चासो देखाएको पाइएको छ । गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले मंगलबार फेवाताल सिरानदेखि बगेर मन्त्रालय गेटमा आएको फोहोर सफा गरिएको जानकारी दिनु भएको छ ।

फेवाताल पुछारको नहरमा रहेको फोहर सफा गरिएको तस्वीरहरु मन्त्री आचार्यले फेसबुकमा पोष्ट गर्नुभएको छ । उहाँले फोहर सफा गर्नका लागि पोखरा महानगरपालिका कार्यालयले सहयोग गरेको भन्दै धन्यवाद दिनु भएको छ ।

फोहोर व्यवस्थापनका लागि दीर्घकालिन उपाचारको खोजी भइरहेको पनि उहाँले जानकारी दिनु भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button