लयमा फर्कन खोज्दै नमस्ते पोखरा बोर्डकास्टिङ स्टुडियो

राजाराम पौडेल । कोरोना भाइरसको दोस्रो भेरियन्टको कारण भएको निषेधाज्ञाका कारण केही समय पूर्ण रुपमा बन्द भएको पोखराको नमस्ते पोखरा बोर्डकास्टिङ स्टुडियो पुनः लयमा फर्कने प्रयास गर्दैछ ।

निषेधाज्ञामा आएको खुकुलोपना तथा नेपाली नारीहरुको महान् पर्व तीजको अवसरमा गीत रेकर्ड गर्न खोज्ने कलाकारको साथका कारण रेकर्डिङ स्टुडियोमा चहलपहल देखिन थालेको हो । यसले गर्दा सञ्चालकलाई केही राहत मिलेको छ ।

रेकडिङ स्टुडियोबाट प्रदान गर्ने सेवा सुविधालाई पुनः सुचारु गरिएसँगै केही चहल पहल सुरु भएकोले आफूहरुलाई पहिले जसरी स्टुडियो पुनः लयमा फर्कने आशा पलाएको स्टुडियो सञ्चालक छवि सुवेदीले पोखरा न्युजलाई बताउनुभयो । तीज गीतसँगै अन्य विधाका गीत तथा चलचित्रको भ्वाइस डविङ तथा वृक्तचित्रको काम समेत आफूहरुले गरेको उहाँकाे भनाइ छ ।

यहाँ हालै रेकर्ड भएका तीज गीतमा जहाँ राम्जी पौडेल, सजना बाँस्तोला, बलराम अधिकारी, नयन शर्मा, कुमार गौतम सहित पाँच जना गायक गायिकाको संयुक्त आवाजमा रहेको पर्‍यो चोटै चोट, अम्बिका भण्डारी र विमला निरौलाको प्रवासमा चेली, अम्बिका भण्डारी र गायत्री पराजुलीको अपार, चन्द्रावती वाग्लेको आउसगै रमाइलो गरौ बरिलै, केशव घिमिरको घरमै रहेका छन् । यसका अलावा भोजेन्द्र अधिकारी मार्फत दूई गीत र अन्य थप ७ वटा तीज गीत विभिन्न कलाकारले रेकर्ड गराउनुभएको सुवेदीले जनाउनुभयो ।

यसैगरी यही समयमा नेपाली चलचित्र ‘हुक्का’को भ्वाइस डबिङ सम्पन्न भएको छ । तीनवटा भजन गीत रेकर्ड सहित अडियो निर्माण, तीन वटा गुरुङ गीत रेकर्ड, दूईवटा पप गीत रेर्कड हालै भएको स्टुडियोले जनाएको छ । लोक पप र कौरा गीत समेत यही समयमा रेकर्ड भएका छन् । यसैगरी प्रदेश संग्रालय पोखराको डकुमेन्ट्रीको काम समेत यहाँ भएको छ । अहिले पनि विभिन्न विधाका केही गीत रेकडिङ्ग तथा भ्वाइस डबिङ्ग गर्ने काम भइरहको सञ्चालक सुवेदीले जानकारी दिनु भएकाे छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button