कोरोनाबाट एक युवतीसहित पोखरामा उपचाररत थप ३ जनाको मृत्यु

चितवनकाे अस्पतालमा एकसहित गण्डकीमा थप ४ जनाले ज्यान गुमाए

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा पोखरामा ३ जना सहित गण्डकी प्रदेशमा थप ४ जनाको ज्यान गएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखराका विभिन्न अस्पतालमा उपचाररत ३ जना र भरतपुर अस्पताल चितवनमा १ जना गरी ४ जनाको कोरोनाबाट मृत्यु भएको हो ।

स्याङ्जाकाे वालिङ ९ की ४३ वर्षीया महिलाकाे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा साेमबार मृत्यु भएको छ । उहाँलाई साेमबार नै संक्रमण पुष्टि भएको थियो ।

तनहुँकाे व्यास ४ की ५१ वर्षीया महिलाकाे गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा साेमबार मृत्यु भएको छ । उहाँलाई साउन २३ गते संक्रमण पुष्टि भएको थियो ।

कास्कीकाे मादी २ की ७४ वर्षीय पुरुषकाे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा साेमबार मृत्यु भएको छ । उहाँलाई साउन २६ गते संक्रमण पुष्टि भएको थियो ।

नवलपुरकाे कावासाेती ५ का ४० वर्षीय पुरुषकाे भरतपुर अस्पताल चितवनमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ । उहाँलाई साउन २० गते संक्रमण पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार २०६ पुगेको निर्देशनालयले जनाएको छ ।

विवरण यस्तो छः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button