पाेखरा न्यूज । अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली आज बिहान स्वदेश फर्किएका छन् । उनीहरु आज बिहान ९ः१५ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
अफगानिस्तानबाट लण्डन पुर्याइएका उनीहरुलाई त्यहाँबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट आज बिहान काठमाडौँ ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । “उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाइने छ”, उहाँले भन्नुभयो ।
मङ्गलबार दुई चरणमा गरी २०५ व्यक्तिलाई काठमाडौँ ल्याइएको थियो । जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट दिउँसो ११८ र राति ८७ नेपाली स्वदेश फर्किएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution