नियन्त्रित लागुऔषध सहित २ जना पक्राउ

पाेखरा न्यूज । नवलपुरकाे विनयीत्रिवेणी गाउँपालिका १ स्थित राजमार्गबाट नियन्त्रित लागूऔषध ४ सय ९० एम्पुल डाईजेपाम, ४ सय ९९ एम्पुल फेनारगन र ४ सय ८२ एम्पुल ब्रुपेनुर्फिन सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गुल्मीकाे सिर्सेनी बस्ने ३० वर्षीय प्रेम बहादुर भुसाल र रुपन्देहीकाे लुम्बिनी सांस्कृतिक नगरपालिका १० बस्ने २९ वर्षीय सोम बहादुर भण्डारी रहेका छन् ।

लु १ ज ३९४८ नम्बरको ट्याक्सीलाई इलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा त्यसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button