कास्कीसहित प्रदेशमा बिहीबार कतिमा पुष्टि भयाे काेराेना संक्रमण ?

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा १३७ जना पुरुष तथा १३१ जना महिला गरी २६८ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १८७ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ५०४ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका २६८ सहित म्याग्दीका १९ जना, पर्वतका २ जना, गाेरखाका ३३ जना, लमजुङका ३९ जना, तनहुँका ३८ जना, बाग्लुङका २५ जना, स्याङ्जाका ५५ जना र नवलपुरका २५ जना गरी प्रदेशका ९ जिल्लामा २५५ पुरुष तथा २४९ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७७ हजार ८४७ पुगेको छ। पछिल्लो २४ घण्टामा ५१० जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७० हजार ७४३ पुगेको छ ।

गण्डकीमा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २२१ पुगेको छ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button