गण्डकी प्रदेशमा काेराेना संक्रमण पुष्टि भएका मध्ये आधाभन्दा धेरै कास्कीका

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ८२ जना पुरुष तथा ९३ जना महिला गरी १७५ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ । याे संख्या गण्डकी प्रदेशमा संक्रमित भएकाहरु मध्ये आधाभन्दा धेरै हाे ।

पछिल्लो २४ घण्टामा ९४१ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप २८८ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १७५ सहित म्याग्दीका ३१ जना, गाेरखाका १७  जना, लमजुङका ९ जना, तनहुँका २५ जना, बाग्लुङका २ जना, स्याङ्जाका २१ जना र नवलपुरका ८ जना गरी प्रदेशका ८  जिल्लामा १४० पुरुष तथा १४८ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७८ हजार ७५७ पुगेको छ। पछिल्लो २४ घण्टामा ६७८ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७२ हजार ५११ पुगेको छ ।

गण्डकीमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २३९ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button